Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रुकुम पश्चिम मेयर वादीविरुद्ध घुस लिने आरोपमा भ्रष्टाचार मुद्दा दायर

रुकुम पश्चिम मेयर वादीविरुद्ध घुस लिने आरोपमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीविरुद्ध सहायक सबइन्जिनियर मोहन शाहको करार अवधि थप्न बैंक खातामै एक लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मेयर वादी र सबइन्जिनियर शाहविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

आर्थिक वर्ष ०८१–८२ मा करार सेवा थप गर्न मेयर वादीले शाहसँग एक लाख रुपैयाँ घुस लिएका थिए। त्यस्तै, आर्थिक वर्ष ०८२–८३ मा पनि मेयरले करार अवधि थपका लागि एक लाख रुपैयाँ मागे, तर नदिएपछि शाहलाई बर्खास्त गरिएको आयोगले दाबी गरेको छ।

अख्तियारको अनुसन्धानले मेयर वादीले घुस रकम बैंक खातामार्फत लिएको पुष्टि गरेको छ। यसैगरी, एक लाख घुस दिएको पुष्टि भएपछि सबइन्जिनियर शाहविरुद्ध पनि अदालतमा मुद्दा दायर गरिएको छ।

वादी तत्कालीन माओवादी केन्द्रको तर्फबाट मेयरमा विजयी भएका थिए। आयोगले भने भ्रष्टाचारका घटनाप्रति कडाइका साथ अनुसन्धान गरिरहेको छ र न्यायिक प्रक्रिया अघि बढाइने जनाएको छ।