Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वास्थ्य बिमाबारे जनचेतना बढाउन टिकटक–फेसबुक रिल्स भिडियो प्रतियोगिता

स्वास्थ्य बिमाबारे जनचेतना बढाउन टिकटक–फेसबुक रिल्स भिडियो प्रतियोगिता

काठमाडौँ । स्वास्थ्य बिमाबारे जनचेतना बढाउने उद्देश्यले स्वास्थ्य बिमा बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।

बोर्डले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा स्वास्थ्य बिमासम्बन्धी जानकारी फैलाउने लक्ष्यसहित प्रतियोगिता घोषणा गरेको हो।

प्रतियोगितामा सहभागी हुन चाहनेले स्वास्थ्य बिमासम्बन्धी विषय समेटेर अधिकतम एक मिनेटको ‘भर्टिकल रिल्स’ फर्म्याटमा भिडियो तयार गर्नुपर्नेछ। भिडियो टिकटक वा फेसबुक रिल्समा पोस्ट गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।

पोस्ट गरिएको भिडियो चैत २ देखि १५ गतेभित्र बोर्डको इमेलमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। मूल्यांकन लाइक, सेयर, कमेन्ट, भ्युजका साथै सन्देशको स्पष्टता, सिर्जनात्मकता र सामाजिक प्रभावका आधारमा गरिने बोर्डले जनाएको छ।

प्रतियोगिताका उत्कृष्ट तीन भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ।