Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सहसचिव झलकराम अधिकारीविरुद्ध मुद्दा दायर

सहसचिव झलकराम अधिकारीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलकराम अधिकारी विरुद्ध राजस्व अनुसन्धान विभागका महानिर्देशक रहेका बेला ७० लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ।उक्त रकम जग्गा खरिद तथा ऋण तिर्न प्रयोग गरिएको दाबी आयोगले गरेको छ।

एच.के. इन्टरप्राइजेज विरुद्ध राजस्व चुहावटको आरोपमा विभागमा उजुरी परेको थियो। सोही मुद्दाबाट जोगिन कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठ ले ७० लाख रुपैयाँ दिएको अख्तियारको अनुसन्धानबाट खुलेको बताइएको छ।

अख्तियारका अनुसार उक्त रकम विकास चापागाई, देवेन्द्र केसी र रविन्द्र लामिछाने लगायतको सल्लाहमा उनीहरूको खातामा राखिएको दाबी गरिएको छ।