Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

समानुपातिक सांसदको नाम रास्वपाले तत्काल सार्वजनिक नगर्ने

समानुपातिक सांसदको नाम रास्वपाले तत्काल सार्वजनिक नगर्ने

काठमाडौँ । रास्वपाले समानुपातिकतर्फका सांसदहरूको नाम तत्काल सार्वजनिक नगर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार समानुपातिक सूची निर्वाचन आयोगमा पेश गरिएपछि आयोगले स्वीकृत गरेपछि मात्र उक्त नामावली सार्वजनिक हुनेछ।

उनले आयोगबाट औपचारिक रूपमा स्वीकृति आएपछि मात्र सूची सार्वजनिक हुने प्रक्रिया अपनाइने बताए।