काठमाडौं । स्रोत नखुलेको ठूलो रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१ स्थित जय नेपाल हल नजिकबाट शनिबार राति १० लाख ६३ हजार ८४० रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन्। प्रहरी वृत्त दरबारमार्ग बाट खटिएको टोलीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बा.प्र ०२–०५२ प ६९९४ नम्बरको स्कुटर जाँच गर्दा उनीहरूको साथबाट उक्त नगद बरामद भएको हो।
प्रहरीले स्रोत नखुलेको उक्त रकमबारे थप अनुसन्धान भइरहेको जनाएको छ।