Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओली दोषी देखिए देशभर द्वन्द्व हुने महेश बस्नेतको चेतावनी

ओली दोषी देखिए देशभर द्वन्द्व हुने महेश बस्नेतको चेतावनी

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेका घटनाका छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखाउने कुनै आधार नभएको बताएका छन् ।

शनिबार सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले भने, ‘हाम्रो अध्यक्षलाई दोषी देखाउने कुरा सम्भव छैन, कुनै ठोस आधार पनि छैन । यदि आयोगले दोषी देखाएको छ भने त्यसले स्पष्ट पूर्वाग्रह देखाउँछ ।’

उनले थपे, ‘यदि हाम्रो अध्यक्षलाई दोषी देखाइन्छ भने मुलुक द्वन्द्वमा जान्छ, जनताले प्रतिवाद गर्नेछन् ।’

बस्नेतले सरकारले गलत गतिविधि गर्न खोजे एमाले चुप नबस्ने पनि स्पष्ट पारे ।