Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सामाजिक सञ्जालमार्फत उल्लङ्घन बढ्दा निर्वाचन प्रतिवेदनमा समेटिने: श्रीकृष्ण आचार्य

सामाजिक सञ्जालमार्फत उल्लङ्घन बढ्दा निर्वाचन प्रतिवेदनमा समेटिने: श्रीकृष्ण आचार्य

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सामाजिक सञ्जालमार्फत हुने उल्लङ्घन विगतको तुलनामा बढेको छ। निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष श्रीकृष्ण आचार्य का अनुसार यस सम्बन्धी तथ्यांक र विश्लेषण तयार पारेर प्रतिवेदनमार्फत सार्वजनिक गरिनेछ।

आचार्यले पत्रकार सम्मेलनमा भने, “यस पटकको निर्वाचनमा सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, प्रचार तथा आचारसंहिता उल्लङ्घनका घटनाहरू प्रमुख चुनौती बनेका छन्। त्यसैले यी विषयहरू हाम्रो विश्लेषणमा विशेष रूपमा समेटिनेछन्।”

निर्वाचन पर्यवेक्षण समिति नेपाल २०७० सालमा स्थापना भए पनि विगतका निर्वाचनहरूमा निरन्तर प्रत्यक्ष पर्यवेक्षण गर्दै आएको उनले बताए। यसपटक राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिसँग संयुक्त रूपमा पर्यवेक्षक परिचालन गरिएको भए पनि उनीहरू अलग–अलग खटाइएका कारण दुवै संस्थाले छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गर्नेछन्।

आचार्यका अनुसार अन्तिम प्रतिवेदन तयार हुन अझै केही समय लाग्नेछ।