Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रचण्ड र रवि लामिछानेबीच टेलिफोन संवाद, बालेनसँग भेट नभएको स्पष्ट

प्रचण्ड र रवि लामिछानेबीच टेलिफोन संवाद, बालेनसँग भेट नभएको स्पष्ट

काठमाडौँ । पुष्पकमल दाहाल र रवि लामिछाने बीच प्रतिनिधिसभा निर्वाचनपछि टेलिफोनमार्फत संवाद भएको पुष्टि भएको छ। नेपाल कम्युनिस्ट पार्टी का केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्य का अनुसार दुवै नेताबीच फोनमा छोटो कुराकानी भएको थियो र उनीहरूले एकअर्कालाई चुनाव जितेकोमा बधाई दिएका थिए।

यसअघि प्रचण्ड र बालेन शाह बीच भेट भएको भन्ने समाचार सार्वजनिक भए पनि आचार्यले त्यस्तो भेट नभएको स्पष्ट पारेका छन्। उनका अनुसार हाल बालेनसँग कुनै भेटघाट भएको छैन।

यद्यपि, यसअघि बालेनका बुवा रामनारायण शाहको निधन हुँदा समवेदना व्यक्त गर्न प्रचण्ड बालेनको घर पुगेका बेला भने उनीहरूबीच भेट भएको थियो।

त्यस्तै, केपी शर्मा ओली र प्रचण्डबीच पनि प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक भेट भएको छ। ओलीका बुवा मोहनप्रसाद ओली लाई श्रद्धाञ्जली दिन प्रचण्ड नेपाल–कोरिया मैत्री अस्पताल पुगेका क्रममा दुवै नेताबीच भेट भएको बताइएको छ।