Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

समानुपातिकतर्फ कति मत बदर ?

समानुपातिकतर्फ कति मत बदर ?

काठमाडौं । यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । त्यसमध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए । त्यसमध्ये एक करोड पाँच लाख ५९ हजार १७ (९४.५५ प्रतिशत) मत सदर भएको छ । 

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ जनाले मतदान गरेका थिए । त्यसमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको छ ।

समानुपातिकतर्फ चार लाख ४५ हजार ५९२ मत बदर भएको आयोगले जनाएको छ । आयोगले बदर मत रोक्न नमुना मतदान, मतदाता शिक्षा कार्यक्रमको आयोजना गरेको थियो । 

आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गरी सार्वजनिक गरेको छ । जसअनुसार ६ दलले समानुपातिक सिट पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाएको छ । दोस्रो बनेको कांग्रेसले २० सिट प्राप्त गरेको छ । एमालेले १६ सिट पाएको हो । श्रम संस्कृति र राप्रपाले समान चार/चार सिट पाए ।