Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बैठकमै ढलेका एमाले नेता कृष्ण थापाको निधन

बैठकमै ढलेका एमाले नेता कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बैठकमा बोल्दाबोल्दै ढलेपछि निधन भएको छ। बिहीबार एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोलिरहेका बेला उनी अचानक ढलेका थिए।

उनीलाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालका अनुसार हृदयघातका कारण उपचारका क्रममा उनको मृत्यु भएको हो।

त्यस दिन एमाले पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक भइरहेको थियो। नेताहरूका अनुसार थापाले करिब १० मिनेट बोलेपछि अचानक ढलेका थिए।

थापा गण्डकी प्रदेशका पूर्व सांसद हुन्। उनी २०५४ सालमा पोखरा महानगरपालिकाको मेयर निर्वाचित भएका थिए।