काठमाडौँ । कञ्चनपुरको लालपुरमा पूर्वपश्चिम राजमार्गमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्ति मृत्युभएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका डीएसपी टेकबहादुर जोराले जानकारी दिनुभयो।
दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। हालसम्म मृतकको परिचय खुलेको छैन।