Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने योजना, मन्त्री गौतमको प्रस्ताव

औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने योजना, मन्त्री गौतमको प्रस्ताव

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको बताउँदै औषधि व्यवस्था विभागलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएकी छन्। उनले विभागको संरचना र क्षमतालाई कम्तीमा लेबल ३ वा ४ मा स्तरोन्नति गर्नुपर्ने धारणा राखिन्।

मन्त्री गौतमले औषधि उद्योग र आयुर्वेदिक अनुसन्धानलाई सुदृढ गर्दै नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएकी छन्। उनले हिमाली क्षेत्रमा पाइने जडीबुटी स्रोत र जुम्लास्थित मेडिकल कलेज तथा अनुसन्धान संस्थानहरूको योगदानलाई आयुर्वेदिक अनुसन्धान र खोजमा प्रयोग गर्नुपर्ने बताइन्।

उनका अनुसार हाल अधिकांश औषधि उद्योग र प्रयोगशालाहरू बारा, पर्सा र गण्डकी प्रदेशमा केन्द्रित छन्। उनले आयुर्वेदिक औषधि उत्पादनलाई पश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइन्।

मन्त्रीले आधुनिक तथा आयुर्वेदिक दुवै प्रकारका औषधि उत्पादन नेपालमै विस्तार गर्ने दीर्घकालीन योजना रहेको र भविष्यमा देशलाई औषधिमा पूर्ण आत्मनिर्भर बनाउने लक्ष्य रहेको पनि बताइन्।