Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धनुषा–१ मा मातृका यादव विजयी, विवादित मत गणनासँगै आयोगले घोषणा

धनुषा–१ मा मातृका यादव विजयी, विवादित मत गणनासँगै आयोगले घोषणा

काठमाडौँ । निर्वाचन आयोगले धनुषा–१ क्षेत्रमा नेकपाका मातृका यादवलाई विजयी घोषणा गरेको छ। मतगणनामा रास्वपाका उम्मेदवार किशोरी साह कमलको मत खारेज भएपछि दोस्रो स्थानमा रहेका यादव नै पहिलो स्थानमा आउँदा आयोगले उनलाई निर्वाचित घोषणा गरेको हो।

सुरुमा निर्वाचन अधिकृतको कार्यालयले यादवलाई प्रमाणपत्र उपलब्ध गराएको थिएन, जसलाई लिएर नेकपाले विरोध जनाएको थियो। तर पछि आयोगले प्रमाणपत्र प्रदान गर्दै विजयी घोषणा गर्यो।

निर्वाचन आयोगले किशोरी साहको मत अद्यावधिक नगरेको र उनी अदालतमा मुद्दा दायर गरिसकेको उल्लेख गरिएको छ। अदालतको निर्णय भने आगामी शुक्रबार आउने छ।