Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इनिशा हत्या प्रकरण: ‘दोस्रो निर्मला पन्त बन्न नदिऔँ’ भन्दै देशभर आवाज

इनिशा हत्या प्रकरण: ‘दोस्रो निर्मला पन्त बन्न नदिऔँ’ भन्दै देशभर आवाज

काठमाडौँ । सामूहिक बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशालाई न्याय दिन भन्दै देशभर आवाज उठ्न थालेको छ। ‘इनिशालाई दोस्रो निर्मला पन्त बन्न नदिऔँ’ भन्दै सामाजिक सञ्जाल र जनस्तरबाट दोषीलाई कडा कारबाहीको माग भइरहेको छ।

सुर्खेतकी इनिशा विद्यालय जाने क्रममा उनका प्रेमी भनिएका युवकसहित चार जनाले सामूहिक बलात्कारपछि हत्या गरेको आशंका गरिएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ, जसमा सबै १८ वर्षमुनिका नाबालक रहेका बताइएको छ।

फागुन २३ गते बिहान घरबाट निस्किएकी इनिशा अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गरेका थिए। सोही दिन बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा उनी बेहोस अवस्थामा भेटिएकी थिइन्, तर घटनास्थलमै उनको मृत्यु भइसकेको थियो।

पोस्टमार्टम रिपोर्टमा गोप्य अंगमा घाउ र अत्यधिक रक्तस्राव देखिएकाले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

परिवारले दोषीलाई कडा कारबाही नभएसम्म नछोड्ने अडान लिँदै पीडितलाई न्याय दिन सरकारसँग माग गरिरहेका छन्।