काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रबिन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा पेश गरेका छन्।
उनले निर्वाचनमा कुल २३ लाख ९७ हजार ४०२ रुपैयाँ खर्च गरेको जानकारी दिएका छन्। सार्वजनिक विवरणअनुसार व्यवस्थामा ८ लाख ५० हजार, प्रचार–प्रसारमा ५ लाख ५० हजार र घरदैलो कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
उक्त खर्च विवरण तोकिएको सीमाभित्रको भएको आयोगले पुष्टि गरेको छ।