Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फागुन २१ को निर्वाचनबाट ६ पार्टी राष्ट्रिय दल बने

फागुन २१ को निर्वाचनबाट ६ पार्टी राष्ट्रिय दल बने

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। यसमध्ये पाँच दल पुरानै रहेका छन् भने एउटा नयाँ दल पहिलोपटक राष्ट्रिय दल बनेको छ।

यस निर्वाचनबाट श्रम संस्कृति पार्टी नयाँ राष्ट्रिय दलका रूपमा उदाएको छ। हर्क साम्पाङ नेतृत्वको उक्त पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फ आवश्यक तीन प्रतिशत थ्रेसहोल्ड पनि पार गरेको छ।

अन्य राष्ट्रिय दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्। यी दलहरू विघटित प्रतिनिधिसभामा पनि राष्ट्रिय दलको मान्यता पाएका थिए।