Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धरानको ग्यारेजमा भीषण आगलागी, ६ बस प्रभावित

धरानको ग्यारेजमा भीषण आगलागी, ६ बस प्रभावित

काठमाडौँ । सुनसरीको धरानमा पार्किङमा राखिएका बसहरूमा अचानक आगलागी हुँदा तीन वटा बस पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीनमा आंशिक क्षति पुगेको छ।

मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरेर राखिएका ६ वटा बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार को १ ख ६२७४ नम्बरको कृष्ण बस, प्र १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात बस र बा ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

त्यस्तै को १ ख ३८४७ नम्बरको सुपर मादेन बस, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा आगलागी बसभित्रै भएको तार सर्टका कारण भएको हुनसक्ने आशंका गरिएको छ। सीसीटीभी फुटेजमा कुनै शंकास्पद गतिविधि नदेखिएको डीएसपी खड्काले बताए।

प्रहरीका अनुसार आगो को १ ख ६२७४ नम्बरको बसबाट सुरु भएको देखिन्छ। विराटनगर–धरान रुटमा चल्ने यो बस एक महिनाअघि पनि गुडिरहेको अवस्थामा आगलागीमा परेको थियो। सो बस राति करिब ९ बजे ग्यारेजमा पार्किङ गरिएको र साढे ९ बजेतिर आगलागी सुरु भएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।