Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जाँचबुझ आयोगको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिँदै

जाँचबुझ आयोगको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिँदै

काठमाडौँ – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनालाई छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुने भएको छ ।

जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्र्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष बुझाइसकेको छ ।

सोही प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा पेस गर्न लागिएको हो । बैठकमा प्रतिवेदन पेस भएपछि आवश्यक कार्यान्वयनको प्रक्रिया अघि बढ्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

आवश्यक कार्यान्वयनका लागि त्यही दिन निर्णय गर्नसक्ने प्रधानमन्त्रीको सचिवालयको दाबी छ। बालुवाटार स्रोतले दिएको जानकारी अनुसार नयाँ सरकार गठन गर्नुभन्दा पहिलै प्रतिवेदन कार्यान्वयनमा आउनेछ। 

मन्त्रिपरिषद् बैठक बुधबार या बिहीबार बस्ने तयारी गरिएको बताइन्छ।

बालुवाटार निकट अर्को स्रोतले दिएको जानकारी अनुसार अहिले प्रधानमन्त्री र केही मन्त्रीहरूले प्रतिवेदनबारे अध्ययन गरिरहेका छन्।

नयाँ सरकार गठनअघि नै प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताइएको छ ।
बालुवाटार स्रोत भन्छ, ‘कार्यान्वयनमा गएपछि अहिलेका निर्वाचित सांसदहरू पनि केही मुछिन सक्ने अवस्थामा देखिनुहुन्छ ।’