Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वास्थ्य संस्था पुग्न नपाउँदै बाजुरामा महिलाले बाटोमै बच्चा जन्माइन्

स्वास्थ्य संस्था पुग्न नपाउँदै बाजुरामा महिलाले बाटोमै बच्चा जन्माइन्

काठमाडौँ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका मा एक गर्भवती महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माएकी छन्। गाउँपालिकाको वडा नम्बर–२ भैसागाडकी २६ वर्षीया दोइला भण्डारी ले सुत्केरी व्यथा लागेपछि स्वास्थ्य चौकीतर्फ जाँदै गर्दा बाटोमै छोरीलाई जन्म दिएकी हुन्।

गाउँबाट फायल गाउँ आधारभूत स्वास्थ्य चौकी तर्फ जाँदै गर्दा

अत्यधिक व्यथा बढेपछि थुम्का सिउँड भन्ने स्थानमा स्वास्थ्यकर्मीको सहयोगमा प्रसूति गराइएको थियो। स्वास्थ्यकर्मी विष्णा रोकाया ले आवश्यक सावधानी अपनाउँदै बाटोछेउको गाईगोठ नजिकै सुरक्षित रूपमा सुत्केरी गराउन सहयोग गरेकी थिइन्।

भण्डारीले तेस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन्। अहिले आमा र नवजात शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

स्थानीयका अनुसार दुर्गम क्षेत्रमा स्वास्थ्य संस्था टाढा हुनु, यातायात सुविधा नहुनु र स्वास्थ्य सेवामा सहज पहुँच नहुनुका कारण यस्ता घटना दोहोरिरहन्छन्। बाजुरा जिल्ला मा एक महिनामा औसत दुईदेखि तीन जना महिला बाटोमै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्थानीयहरूले दुर्गम क्षेत्रका गर्भवती महिलालाई सुरक्षित स्वास्थ्य सेवा उपलब्ध गराउन तथा सरकारले सञ्चालन गरेको सुत्केरी हवाई उद्धार कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।