Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

समानुपातिकतर्फ रास्वपाको ऐतिहासिक सफलता, ५० लाख मत पार गर्दै नयाँ रेकर्ड

समानुपातिकतर्फ रास्वपाको ऐतिहासिक सफलता, ५० लाख मत पार गर्दै नयाँ रेकर्ड

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतगणना जारी रहँदा निर्वाचन आयोग का अनुसार हालसम्म १ करोड ४ लाख ४५ हजार ८१५ मत गणना भइसकेको छ।

रास्वपाले हालसम्म ५० लाख १५ हजार ५ सय १०  ५२ मत हासिल गरेको आयोगले जनाएको छ।

यससँगै समानुपातिक निर्वाचन प्रणालीमा ५० लाख मत कटाउने पहिलो दल बनेर रास्वपाले नयाँ रेकर्ड समेत बनाएको छ। पछिल्ला निर्वाचनहरूमा कुनै पनि राजनीतिक दलले ५० लाख मत प्राप्त गर्न सकेका थिएनन्।