काठमाडौँ । कैलाली–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन्। उनले कुल १९ हजार ५७ मत प्राप्त गर्दै प्रतिस्पर्धामा अग्रता कायम गरे।
खनालका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरे। त्यस्तै नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत ल्याउँदै तेस्रो स्थानमा सीमित भए।
मतगणनाको अन्तिम परिणामअनुसार खनालले उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेका हुन्।