Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चुनाव नहुने भविष्यवाणीको आरोपमा पक्राउ परेका ज्योतिष हिरासतमुक्त

चुनाव नहुने भविष्यवाणीको आरोपमा पक्राउ परेका ज्योतिष हिरासतमुक्त

काठमाडौँ । चुनाव नहुने भविष्यवाणी गरेको आरोपमा पक्राउ परेका ज्योतिष रुद्रनाथ अधिकारी हाजिरी जमानीमा छोडिएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ चन्द्रागिरीबाट अधिकारीलाई पक्राउ गरेको थियो र जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो।

काठमाडौंका जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रहरीले भविष्यवाणीसम्बन्धी बयान लिएको थियो। बयानमा अधिकारीले ज्योतिषहरुले भविष्यवाणी गर्नु सामान्य कुरा भएको र यसमा कुनै अपराधिक उद्देश्य नभएको बताएका छन्।