काठमाडौँ । सरकारी सवारीमा निजी नम्बर प्लेट प्रयोग गरेको आरोपमा पूर्व सभामुख तथा धनुषा–१ का उम्मेदवार रामचन्द्र मण्डलका ज्वाइँ रमेश मण्डल पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगम बहादुर कुँवरका अनुसार मौन अवधिमा प्रदेश सभाबाट उपलब्ध सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरी निजी बनाइएको अवस्थामा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरीको विशेष चेकजाँचका क्रममा मिथिला बिहारी नगरपालिका–पुरन्दाहा क्षेत्रबाट स्कारपियो गाडी र चालकलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाइएको थियो।
सशस्त्र प्रहरी बल, नेपाल मधेस प्रदेशका डीआइजी कृष्ण ढकालले गाडी नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। बागमती–प्र–०१ ००३२ च ७८९४ नम्बरको गाडीमा नक्कली नम्बर प्रयोग गरिएको र मतदाता प्रभावित पार्ने उद्देश्य हुन सक्ने प्रारम्भिक आशंका गरिएको प्रहरीले जनाएको छ।
घटनापछि गाडी र चालक नियन्त्रणमा राखी रमेश मण्डललाई छाडिएको तथा विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।