Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओखलढुंगामा टिपर ३ सय मिटर तल खस्यो, एक जनाको शव फेला

ओखलढुंगामा टिपर ३ सय मिटर तल खस्यो, एक जनाको शव फेला

काठमाडौँ । ओखलढुंगा सदरमुकामनजिकै भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

सोलुखुम्बु जाने सडकखण्डअन्तर्गत रमाइलोडाँडाभन्दा केही माथि टिपर अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि भीरमा एक जनाको शव अड्किएको अवस्थामा फेला परेको हो।

घटनास्थलमा सुरक्षाकर्मी परिचालन भई उद्धार तथा अनुसन्धान कार्य सुरु गरिएको छ। दुर्घटनाको कारण र मृतकको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।