Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधि सभा निर्वाचनपूर्व आयोगको ब्रिफिङ आज

प्रतिनिधि सभा निर्वाचनपूर्व आयोगको ब्रिफिङ आज

काठमाडौँ । भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आज औपचारिक रूपमा तयारीबारे जानकारी सार्वजनिक गर्ने भएको छ।

काठमाडौंस्थित आयोगको मिडिया सेन्टर हलमा दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनसम्बन्धी सम्पूर्ण तयारीबारे विवरण प्रस्तुत गरिने जनाइएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान व्यवस्थापन, सुरक्षा प्रबन्ध, जनशक्ति परिचालन लगायत विषयमा ब्रिफिङ गर्नेछन्। फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न हुँदैछ।