Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धनुषामा विस्फोट, दुई बालबालिका सामान्य घाइते

धनुषामा विस्फोट, दुई बालबालिका सामान्य घाइते

काठमाडौँ । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पुल क्षेत्रमा अज्ञात वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते भएका छन्। पुलमाथि राखिएको टेपले बेरिएको शंकास्पद सामग्री हिँड्ने क्रममा खुट्टाले छोएपछि पड्किएको बताइएको छ।

घटनामा १५ वर्षीया आशा भुजेलको दुवै खुट्टामा सामान्य चोट लागेको छ भने ८ वर्षीय सुशील माझी पनि शरीरका विभिन्न भागमा सामान्य घाइते भएका छन्। दुवै जनाको अवस्था खतरामुक्त रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषा ले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। विस्फोट गराउने वस्तुको प्रकृतिबारे भने अझै स्पष्ट भइसकेको छैन।