काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनीहरूलाई चन्द्रागिरिबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा २८ वर्षीय सुमन बोहरा र ५५ वर्षीय कृष्ण मिजार रहेका छन्। कार्यालयका एसएसपी सन्तोष खड्का का अनुसार दुवै जना प्रसाईं समूहसँग आबद्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सुकेधारा र नैकाप क्षेत्रमा बा ७ च १४०१ र बीएए २८३६ नम्बरका सवारी साधनमा आगजनी गरिएको थियो। घटनास्थलबाट दुर्गा प्रसाईंसम्बन्धी पर्चा समेत बरामद भएको प्रहरीले जनाएको छ।