Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको निधन

सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको निधन

काठमाडौँ । सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् ।

उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका थिए । रौतहटको माधन नारायण नगरपालिका–६ घर भएका उनी सिनियर अहेब हुन् ।

मंगलबार बिहान अचानक बेहोस भएपछि उनलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । दिउँसो साढे २ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।