Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भक्तपुरमा इन्सास राइफलसहित एक पक्राउ, हतियार बरामद

भक्तपुरमा इन्सास राइफलसहित एक पक्राउ, हतियार बरामद

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा प्रहरीले इन्सास राइफलसहित एक जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार ३१ वर्षीय आयन सेढाईंको कोठाबाट राइफल बरामद गरेको हो।

बरामद हतियारसँगै ४ वटा एसएलआर गोली, २ वटा प्लाष्टिक राउण्ड, १ सर्टगन राउण्ड, खुकुरी, २ दाप, १ बन्चरो र ५ सिरिन्ज पनि फेला परेको छ। सशस्त्र प्रहरी नायब महानिरीक्षक बिष्णुप्रसाद भट्ट ले घटनाबारे जानकारी दिएका छन्।

प्रहरीका अनुसार बरामद हतियार र गोली गत भदौ २३/२४ मा भएको आन्दोलनका क्रममा लुटिएको हुन सक्ने आशंका गरिएको छ। पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।