Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मुगु नर्खजी गाउँमा भाइरल ज्वरो फैलिँदा १ जनाको मृत्यु, सयौं बिरामी

मुगु नर्खजी गाउँमा भाइरल ज्वरो फैलिँदा १ जनाको मृत्यु, सयौं बिरामी

काठमाडौँ । मुगुको पश्चिम क्षेत्रको खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोले ५० वर्षीया पन्चकली बिटालुको मृत्यु भएको छ भने सयौं जना बिरामी परेका छन्। स्थानीय अनुसार बालबालिका, महिला र वृद्ध–वृद्धासम्ममा ज्वरो, खोकी, टाउको दुख्ने, रिंगटा लाग्ने र खकारमा रगत देखिने लक्षण देखा परेको छ।

फागुन ७ गतेदेखि फैलिन थालेको रोगले नर्खजीका चार बस्तीमा ४०० भन्दा बढीलाई प्रभावित पारेको छ। स्वास्थ्य संस्थामा बस्न र आराम गर्न पर्याप्त बेड नहुँदा बिरामीहरु भुइँमा वा संस्थाका पेटीमा आराम गर्न बाध्य छन्।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले स्थानीयको स्वास्थ्य समस्यामा पहल नगरेको गुनासो समेत आएको छ। नर्खजी स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार दैनिक २० भन्दा बढी बिरामी उपचारका लागि आउँछन्। जिल्लाका सरोकारवालाले औषधि र स्वास्थ्य टोली खटाएर समस्या व्यवस्थापनमा पहल गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले जानकारी दिनुभयो।