Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बीपी मार्गको रोशी खोल खण्ड जोखिमपूर्ण, यात्रुहरू प्रभावित

बीपी मार्गको रोशी खोल खण्ड जोखिमपूर्ण, यात्रुहरू प्रभावित

काठमाडौँ । बीपी मार्ग अन्तर्गत रोशी खोलाको सडक खण्ड अहिले अत्यन्तै जोखिमयुक्त बनेको छ। गत वर्ष र यस वर्षको वर्षायाममा आएको बाढीले सडक संरचना पूर्ण रूपमा क्षतविक्षत बनाएपछि पुनर्निर्माण कार्य भइरहेको छ।

स्थायी सडक नबन्ने भएपछि सवारी साधनलाई खोलाको बगरमा बनाइएको अस्थायी कच्ची सडकबाट सञ्चालन गर्नुपरेको छ। सडक साँघुरो, खाल्डाखुल्डी र धुलाम्मे भएको कारण यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। कतिपय स्थानमा सवारी साधनले एक–अर्कालाई बाटो दिन लामो समय कुर्नुपर्ने अवस्था छ।

सामान्य अवस्थामा काठमाडौंबाट खुर्कोट पुग्न करिब तीन–साढे तीन घण्टा लाग्ने भए पनि अहिले पाँच–छ घण्टा लाग्ने गरेको छ। चुनाव नजिकिँदै गर्दा मतदाता फर्किने क्रम बढेको र सवारी चाप बढेसँगै दुर्घटनाको सम्भावना पनि बढेको अधिकारीहरूले बताएका छन्।

यात्रुहरूले अत्यधिक सावधानी अपनाउनुपर्ने अवस्था छ भने सम्बन्धित निकायले अस्थायी सडकलाई सुरक्षित र व्यवस्थित बनाउन तुरुन्त पहल गर्नुपर्ने माग उठेको छ।