काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा संखुवासभाको राजनीतिक मैदान झन् तातिएको छ। पछिल्ला दिनमा विभिन्न दल परित्याग गर्दै कार्यकर्ताहरू नेकपा (एमाले)मा प्रवेश गर्ने क्रम तीव्र बनेको छ।
मादी नगरपालिका र पाँचखपन क्षेत्रका ३० भन्दा बढी व्यक्ति एमालेमा आबद्ध भएका छन्। पार्टीका उम्मेदवार डा. अर्जुन कार्कीका अनुसार उनलाई विजयी गराउने लक्ष्यसहित गाउँ–गाउँबाट अन्य दलका कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन्।
प्रवेश गर्नेमा रामकाजी तामाङ, सलबहादुर लामा, नन्दलाल मगर, हेमराज रेग्मी, विकास जोगी, विरु जोगी, मौसम जोगी, मनिसा मगर, रुद्रबहादुर जोगी, नेत्रबहादुर जोगी, अम्बरबहादुर जोगी, वीरबहादुर वोगी, धष समीक्षा राई मगर, जापान मगर, अर्जुन जोगी, कमला तामाङ, जनक तामाङ, प्रविन तामाङ र रचना कार्की लगायत रहेका छन्।
एमालेले बढ्दो प्रवेशलाई आफ्नो संगठन र उम्मेदवारप्रतिको विश्वासको परिणाम भनेको छ। तर विपक्षी पक्षले यसलाई ‘चुनावी ध्रुवीकरणको रणनीति’ मात्र भएको टिप्पणी गरेका छन्। दल–परिवर्तनको यो लहरले चुनावी समीकरण थप जटिल बनाएको छ, अन्तिम फैसला भने मतपेटिकाले नै गर्नेछ।