Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दमकमा केपी शर्मा ओलीलाई अभिनन्दन, विकासलाई निरन्तरता दिन आग्रह

दमकमा केपी शर्मा ओलीलाई अभिनन्दन, विकासलाई निरन्तरता दिन आग्रह

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई झापाको दमक–२ स्थित हिमशिखर टोल विकास संस्थाले आयोजित कार्यक्रममा अभिनन्दन गरेको छ।

टोल विकास संस्थाका अनुसार विकास निर्माण र राष्ट्रियताको पक्षमा लिएको अडान तथा नेतृत्वको सम्मानस्वरूप उनलाई अभिनन्दन गरिएको हो। कार्यक्रममा स्थानीयवासीले दमक क्षेत्रमा अझै बाँकी रहेका विकास निर्माणका काम पूरा गरिदिन आग्रह गरेका थिए।

सोही वडाको झोलुङ्गे पुल नजिक आयोजित कार्यक्रममा स्थानीयले उक्त पुल निर्माणपछि दैनिक आवतजावत सहज भएको उल्लेख गर्दै अन्य पूर्वाधार योजनामा पनि निरन्तरता दिन माग गरेका छन्। साथै, क्षेत्रको भूमि सम्बन्धी समस्या समाधान गरिदिन समेत स्थानीयले ध्यानाकर्षण गराएका थिए।

ओली आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका छन्।