Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विनोद पहाडी नेकपा एमालेमा प्रवेश, विष्णु पौडेलद्वारा स्वागत

विनोद पहाडी नेकपा एमालेमा प्रवेश, विष्णु पौडेलद्वारा स्वागत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन्।

उनीलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र नेता लीला गिरीले पार्टीमा स्वागत गरेका हुन्। पहाडी राष्ट्रिय दलित पत्रकार महासङ्घका अध्यक्षसमेत हुन्।

पार्टी प्रवेशपछि पहाडीले राष्ट्रिय स्वाभिमानप्रति एमालेको स्पष्ट र दृढ अडानका कारण आफूले एमाले रोजेको बताए। उनले एमालेविरुद्ध भइरहेको घेराबन्दी र आक्रमणलाई लोकतन्त्र तथा गणतन्त्रमाथिको आक्रमणको रूपमा व्याख्या गरे।