Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निष्पक्ष चुनाव नभएको ओलीको आरोप, एमाले पहिलो शक्ति बन्ने दाबी

निष्पक्ष चुनाव नभएको ओलीको आरोप, एमाले पहिलो शक्ति बन्ने दाबी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाएका छन्। झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा उनले देश संकटमा परेकाले त्यसबाट मुक्ति दिलाउन एमाले चुनावमा केन्द्रित भएको बताए।

उनले सार्वभौम संसद विघटनपछि मुलुक अस्थिरतातर्फ धकेलिएको दाबी गर्दै आगामी निर्वाचनबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) पहिलो शक्ति बन्ने र राष्ट्रिय समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे। चुनावमा कुनै धाँधली स्वीकार्य नहुने चेतावनी दिँदै सरकार गम्भीर नदेखिएको टिप्पणी पनि गरे।

ओलीले युवाहरूलाई भ्रममा नपर्न आग्रह गर्दै पार्टीका सिद्धान्त र कार्यक्रम जनतासम्म स्पष्ट रूपमा पु¥याउन कार्यकर्तालाई सुझाव दिए। कार्यक्रममा विद्यार्थीहरूले उठाएका जिज्ञासाको उनले प्रत्यक्ष जवाफ दिएका थिए।