Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

होलीमा कडाइ: काठमाडौंमा मेला र सांगीतिक कार्यक्रम निषेध

होलीमा कडाइ: काठमाडौंमा मेला र सांगीतिक कार्यक्रम निषेध

काठमाडौँ । होली पर्व नजिकिँदै गर्दा काठमाडौं प्रशासनले यस वर्ष सार्वजनिक रूपमा मञ्च बनाएर सांगीतिक कार्यक्रम, मेला–महोत्सव तथा भीडभाड हुने गतिविधिमा रोक लगाएको छ। निर्णय चुनावी सुरक्षा र आचारसंहितालाई ध्यानमा राख्दै गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार खुला सडक तथा सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मादक पदार्थ बिक्री–वितरण तथा सेवन गर्ने र निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न आग्रह गरिएको छ।

प्रशासनले होलीको अवसरलाई चुनावी प्रचारका रूपमा प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ। निर्वाचन चिह्न वा उम्मेदवारको तस्वीर अंकित झण्डा, लोगो, स्टिकर, कपडा, टोपी, टी–सर्ट, मास्क लगायत सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

साथै, होलीलाई मर्यादित र सुरक्षित बनाउन कसैको इच्छा विपरीत रंग–अबिर दल्न वा लोला हान्न नपाइने चेतावनी समेत जारी गरिएको छ।