प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाह का अनुसार जिल्ला सदरमुकामबाट मतदान केन्द्रसम्म सामग्री ढुवानी भइरहेको छ। निर्वाचन सुरक्षाका लागि ५,५८० नेपाल प्रहरी र ९,७४२ म्यादी प्रहरी गरी कुल १५,३२२ सुरक्षाकर्मी खटिएका छन्।
सुर्खेत, रुकुम, डोल्पा, मुगु, जुम्ला र हुम्ला का ६ विमानस्थल तथा ९ कारागारको सुरक्षामा नेपाली सेना परिचालित छ। दुर्गम हिमाली भेगका मतदान स्थलमा सामग्री ढुवानी र मतपत्र संकलनका लागि हेलिकप्टर प्रयोग गरिनेछ। सडक सञ्जाल नपुगेका क्षेत्रमा घोडामार्फत सामग्री ओसारपसारको व्यवस्था मिलाइएको छ।
कर्णालीमा १० लाख ३७ हजार २५० मतदाता रहेका छन्। प्रदेशभर ९४१ मतदान स्थलमा १,४३७ मतदान केन्द्र तोकिएका छन्