काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी चलिरहेका बेला नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जगन्नाथ चौधरीले दल परिवर्तन गरेका छन्।चौधरीलाई रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू, सोही क्षेत्रका उम्मेदवार आनन्दबहादुर चन्द र नेता हरि रेग्मीले औपचारिक रूपमा स्वागत गरेका थिए। नागरिक उन्मुक्ति पार्टी, जसका संरक्षक रेशम चौधरी हुन्, ले कैलालीका पाँचै क्षेत्रमा उम्मेदवार उठाएको थियो।
‘जाँतो’ चुनाव चिह्नसहित प्रतिस्पर्धामा उत्रिएका चौधरी मतदान हुन नौ दिन बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन्।
रास्वपाले थारू समुदायका मुद्दा प्रभावकारी रूपमा उठाएको ठहर गर्दै चौधरी पार्टीमा आबद्ध भएको केन्द्रीय सदस्य लक्ष्मण थारूले जानकारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी मा चौधरीको प्रवेशले कैलाली–५ को चुनावी समीकरणमा नयाँ चर्चा थपिएको छ।