Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रातारात बालेन किन काठमाडौँ फर्किए ?

रातारात बालेन किन काठमाडौँ फर्किए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) रातारात काठमाडौँ फर्किएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पार्टीको चुनावी बाचापत्र सार्वजनिक गरेपछि उनी उनी अस्वस्थ्य भएका थिए । त्यसपछि उनी दाङ नगई सिधै जहाजमार्फत काठमाडौँ आएका हुन् ।   
 
आज दाङको घोराहीमा रास्वपाले लुम्बिनी प्रदेशस्तरीय निर्वाचन लक्षित कार्यक्रम राखेको छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापति रवि लामिछानेसँगै बालेन पनि दाङ आउने भनिएको थियो। तर, बालेन जाने या नजाने अझै टुंगो लागेको छैन ।  

बालेन पहिलो पटक दाङ आउने कुरा थाहा पाएपछि उनको स्वागतका लागि मानिसहरू ठाउँ ठाउँमा जम्मा भएका थिए।  
  
रास्वपाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट १०० बुँदे वाचापत्र सार्वजनिक गरेको थियो, जहाँ वरिष्ठ नेता बालेन पनि सहभागी थिए।