Shares
Shares
काठमाडौँ । काठमाडौं क्षेत्र नंबर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहेकी कुन्तीदेवी पोख्रेलले शंखरापुर नगरपालिकाको केन्द्र साँखु बजार र पालुबारीमा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छिन्।
मंगलबार गरिएको घरदैलो कार्यक्रममा संवोधन गर्दै उनले यस निर्वाचन क्षेत्रमा रहेका कागेश्वरी मनोहरा र शंखरापुरका कृषकहरुलाई समयमा रासायनिक मल र बिउबिजनको सहज उपलब्धताका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिन ।
अघिल्लो पटकको चुनावमा आफू निर्वाचित हुन नसकेपनि यो क्षेत्रका लागि निरन्तर काम गरेको भन्दै यो पटक विजयी गराउँन आग्रह गरिन । उनले शंखरापुरको भौतिक पूर्वाधार र पर्यटन विकासका लागि केन्द्रसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन ।
उम्मेदवार पोख्रेलले भनिन–‘काठमाडौंको सबैभन्दा सुन्दर नगरपालिका मध्ये शंखरापुर एक हो । सँगै जोडिएको नगरकोट पर्यटनको क्षेत्रमा जति विकास भएको छ, शंखरापुरमा त्यति विकास हुन नसक्नुको कारण केन्द्रसँग जोडिन नसक्नु हो । यहाँबाट यसअघि जति जनाले चुनाव जितेर गए, उनीहरुले यहाँको अपनत्व लिएनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँको स्थानीय तह जितेको ३ वर्ष पूरा भयो, यो ३ वर्षमा यो नगरपालिकामा पहिलेको तुलनामा धेरै विकास भएको छ, किनकी यहाँ राप्रपाले जितेको छ । यहाँ निःशूल्क शिक्षा, स्वास्थ्य विमा कार्यक्रम सफल भएका छन् । विकासका काम गर्नका यहाँ बजेट एकदमै कम छ । यहाँ विकास बजेट कम हुनुको कारण केन्द्रसँग जोडिने मान्छेको अभाव हो । त्यो अभाव म खड्किन दिने छैन ।’
उनले शंखरापुरमा राप्रपाबाट मेयर रमेश नापितले धेरै काम गरेको बताउँदै अझै काम गर्नका लागि केन्द्रबाट बजेट ल्याउनुपर्ने आवश्यकता रहेकोमा जोड दिइन । केन्द्रसँग समन्वय गरेर बजेट ल्याई काम गर्न आफूले सधै भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन ।
उनले भनिन–‘यहाँ सालीनदी, बज्रयोगिनी, जहरसिंहपौवा जस्ता धार्मिक–सांस्कृतिक पर्यटकीय गन्तव्य छन् । यहाँ सडक पूर्वाधार, अस्पताल स्थापना लगायतका काममा लागि केन्द्रबाट बजेट व्यवस्थापनका लागि मेरो सधै भूमिका हुनेछ । यहाँ कोहीपनि यूवा बेरोजगार बस्नुपर्ने अवस्था छैन । यहाँ कृषियोग्य जमिनपनि पर्याप्त छ । यो आलू उत्पादन, स्कूस उत्पादनको पकेट क्षेत्र हो । कृषकहरुलाई सहज बजार व्यवस्थापन र उत्पादन बढाउँने कार्यक्रमका लागि सधै मेरो साथ र भूमिका रहनेछ ।’
अहिले देश बचाउँने र विगार्नेको बीचमा चुनाव भइरहेको उल्लेख गर्दै एकपटक राम्रोसँग सोचेर, उम्मेदवार हेरेर काम गर्ने उम्मेदवारलाई भोट दिन आग्रह गरिन ।
उनले भनिन्–‘म शंखरापुरबासी सबैलाई आग्रह गर्न चाहन्छु, म तपाईकी छोरी–चेलीलाई यसपटक काम गर्ने मौका दिनुहोस । संसद बाहिर बसेर पनि मैले निरन्तर काम गरिरहेँ । अब संसदमा पुगेर
यहाँका आवाजहरु बोल्न चाहन्छु र विकाससँग पनि जोडिन चाहन्छु । हलोमा मतदान गर्नुहोस, देश जोगाउँनुहोस भन्न चाहन्छु ।’
साथै उनले यस निर्वाचन क्षेत्रमा रहेका पर्यटकीय क्षेत्र र भौतिक पूर्वाधार विकासका लागि केन्द्रसँग सधै समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209