Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौंमा १२ लाख बराबरको अवैध चाँदीसहित एक जना पक्राउ

काठमाडौंमा १२ लाख बराबरको अवैध चाँदीसहित एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले मंगलबार अपराह्न चार बजे नियमित चेकजाँचको क्रममा १२ लाख १४ हजार ५२० रुपैयाँ बराबरको चाँदी फेला पारेको हो।

पक्राउ पर्नेमा पर्सा फेटा गाउँपालिका-६ बस्ने १७ वर्षीय आशु  श्राब रहेका छन्। प्रहरीका अनुसार उनले बोकेको कालो झोलाभित्र सेतो प्लास्टिकले बेरेर लुकाइछिपाई ल्याइएको २ किलो ९०० ग्राम चाँदीका दाना फेला परेको थियो।

किशोरलाई बरामद चाँदीसहित थप अनुसन्धान र आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जनाएको छ।