काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएको भिडियो अनुसार पैदलयात्रीलाई मुक्का हानेको आरोपमा कार चालक पारस बमलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
ट्राफिक प्रहरीका अनुसार घटनाको छानबिन जारी छ र चालकविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइँदैछ।
यसअघि भिडियोमा चालकले गालीगलौज गर्दै पैदलयात्रीमाथि हातपात गरेको र पछि एक महिलाले पनि त्यसमा सहभागी भएको देखिएको थियो। प्रहरी घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धानमा सक्रिय रहेको जनाएको छ।