Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बेलायत पठाइदिने प्रलोभनमा रकम असुली, एक महिला पक्राउ

बेलायत पठाइदिने प्रलोभनमा रकम असुली, एक महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको अवसर दिलाइदिने आश्वासन दिँदै रकम उठाएको आरोपमा एक महिला नियन्त्रणमा परेकी छन्।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ निवासी पैंतीस वर्षीया नीमा डोल्मा लामा रहेको प्रहरीले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार बेलायत रोजगारीका लागि पठाइदिने भन्दै उनले दुई जनाबाट रकम लिएको आरोप छ। रकम लिएपछि वैदेशिक प्रक्रिया अगाडि नबढाएको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो।

घटनाबारे थप कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको रामेश्वर कार्कीले जानकारी दिए।