Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फागुन २१ को निर्वाचनका लागि सबै मतपत्र छपाइ सकियो

फागुन २१ को निर्वाचनका लागि सबै मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगबाट प्राप्त जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए। उनका अनुसार आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ गरी सम्बन्धित प्रदेशमा ढुवानी सुरु गरिनेछ।

पौडेलले प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ सोमबार साँझमै सकिएको बताए। बयालिस दिनको कार्यतालिका अनुसार सुरु गरिएको काम चालीस दिनमै सम्पन्न गरिएको उनको भनाइ छ। अब दस दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याइने लक्ष्य राखिएको छ।

केन्द्रले दैनिक तेह्रदेखि पन्ध्र लाखसम्म मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि दस लाख नमूना मतपत्र छपाइ गरी आयोगले विभिन्न स्थानमा पठाइसकेको छ। त्यस्तै समानुपातिकतर्फका दुई करोड आठ लाख तीस हजार मतपत्र जिल्लामा पठाउने क्रम जारी रहेको केन्द्रले जनाएको छ।

पौडेलका अनुसार कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको छ भने बाँकी क्षेत्रमा पनि दस दिनभित्र पुर्‍याउने तयारी भइरहेको छ।