Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुन सस्तो, चाँदी महँगियो

सुन सस्तो, चाँदी महँगियो

काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा पुनः गिरावट आएको छ भने चाँदीको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यही सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसरी आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो।

यता चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला चार हजार ८८५ रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार आठ सय सत्ठी रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदी आज २५ रुपैयाँले महँगिएको छ।