Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

झापामा अवैध पेस्तोलसहित एक जना पक्राउ

झापामा अवैध पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट लुटिएको एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले २२ वर्षीय सुजय राजवंशीलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने सुजय कनकाई नगरपालिका–८ का बासिन्दा हुन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार विशेष सूचनाका आधारमा आइतबार छापा मारेर उनलाई नियन्त्रणमा लिइएको हो।

स्थानीय सूचनाअनुसार तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाइएको खबर पाएपछि खोजतलास गरिएको थियो। अनुसन्धानका क्रममा उनका छोरा सौगात थापा मगरले घरपछाडि कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाएर राखेको ९ एमएम पेस्तोल र ४० राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

 

dinesh thapa

9841119599