Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रुपन्देही–३ मा राजनीतिक तरंग: श्रीनिवास यादव एमालेतर्फ

रुपन्देही–३ मा राजनीतिक तरंग: श्रीनिवास यादव एमालेतर्फ

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३का जसपा उम्मेदवार श्रीनिवास यादवले दल परिवर्तनको घोषणा गरेका छन्। यसअघि जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका उनी अब नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा आबद्ध भएका छन्।

जसपाका केन्द्रीय सदस्यसमेत रहेका यादवले सोमबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै आफूले पार्टी त्याग गरेको जानकारी दिए। उनले मतदातासँगको प्रत्यक्ष संवाद र घरदैलो कार्यक्रमका क्रममा क्षेत्रको जनमत एमालेतर्फ झुकेको अनुभव गरेको बताए।

यादवका अनुसार वर्तमान राष्ट्रिय परिप्रेक्ष्यमा राष्ट्रियताको मुद्दा प्रमुख बनेको छ र त्यसलाई मजबुत रूपमा उठाउन सक्ने शक्ति एमाले नै रहेको निष्कर्षमा पुगेपछि उनले उक्त निर्णय लिएका हुन्।

उनको यो कदमसँगै रुपन्देही–३ को चुनावी समीकरणमा नयाँ चर्चा सुरु भएको छ।