काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको निर्वाचनका लागि फागुन ७ गते आफ्नो चुनावी करारपत्र सार्वजनिक गर्ने भएको छ।
पार्टी सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत जनाएका छन् कि करारपत्रलाई उनीहरू ‘जनतासँगको प्रतिज्ञा’ का रूपमा लिनेछन्। लामिछानेका अनुसार यसमा पूरा नहुने बाचा हुने छैन। “चुनावमा धेरैले वाचा गरे तर जनताले परिणाम भोग्नुपरेको थियो। हामी प्रतिज्ञाको करार गर्दैछौँ, पूरा नहुने वाचा होइन,” उनले भने।
उनले करारपत्र सार्वजनिक गर्ने कार्यक्रम फागुन ७ गते कर्णाली प्रदेश मा आयोजना गरिने जानकारी दिएका छन्।