Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उज्यालो नेपाल पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक, सांसद संख्या घटाउने प्रस्ताव

उज्यालो नेपाल पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक, सांसद संख्या घटाउने प्रस्ताव

काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाउँदै चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कुलमान घिसिङ ले दस्तावेज सार्वजनिक गरेका हुन्। पार्टीले यसलाई घोषणापत्र नभई ‘प्रतिबद्धतापत्र’ नाम दिएको छ।

प्रतिबद्धतापत्रमा प्रतिनिधि सभाको सदस्य संख्या २७५ बाट घटाएर २०१ मा सीमित गर्ने प्रस्ताव गरिएको छ। आर्थिक भार कम गर्ने उद्देश्यले यस्तो व्यवस्था अघि सारिएको अध्यक्ष घिसिङको भनाइ छ। त्यसैगरी प्रदेश सभा सदस्य संख्या ५५० बाट घटाएर ३३० कायम गर्ने उल्लेख छ।

संघीय मन्त्रिपरिषद् १५ सदस्यीय र प्रदेश मन्त्रिपरिषद् बढीमा ५ देखि ७ सदस्यीय बनाउने, राज्यमन्त्री तथा सहायक मन्त्रीको व्यवस्था हटाउने प्रतिबद्धता पनि दस्तावेजमा समेटिएको छ।

प्रदेश सरकारको स्थायित्वका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने प्रस्तावसमेत राखिएको छ। साथै, सरकार गठनपछि हरेक वर्ष प्रतिबद्धता कार्यान्वयनको प्रगति विवरण सार्वजनिक गर्ने नीति लिइने जनाइएको छ।

अर्थतन्त्र सुदृढीकरण र रोजगारी विस्तारका लागि स्वदेशी पुँजी परिचालनमा जोड दिने नीति अवलम्बन गरिने पनि पार्टीले जनाएको छ।