Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्र्याङ्क भन्दै १० वर्षीय बालकबाट फिरौती माग्ने ८ युट्युबर पक्राउ

प्र्याङ्क भन्दै १० वर्षीय बालकबाट फिरौती माग्ने ८ युट्युबर पक्राउ

काठमाडौँ । भारतको कानपुर मा १० वर्षीय बालकको नक्कली अपहरण गरी २ लाख भारतीय रुपैयाँ फिरौती माग्ने आठ जना युट्युबर पक्राउ परेका छन्। घटनामा तीन नाबालिगसमेत संलग्न छन्।

आजतक का अनुसार बुधबार साँझ तरकारी किन्न निस्किएका हर्षललाई केही युवाले एकान्त स्थानमा लगेर आमालाई फोन गर्न बाध्य पारेका थिए। रोइरहेका बालकमार्फत २ लाख रुपैयाँ मागिएको थियो। पछि अर्को फोनबाट ५ हजार रुपैयाँ किदवई नगरस्थित विद्यालय नजिक ल्याउन भनिएको थियो।

राति करिब ९:४५ बजे उनीहरूले ‘प्र्याङ्क भिडियो’ बनाएको दाबी गर्दै बालकलाई छोडेका थिए। परिवारको उजुरीपछि प्रहरीले ४८ घण्टाभित्र १५० भन्दा बढी सीसीटीभी फुटेज जाँच गरी अरविन्द सिंह, चन्दन कुमार, लक्की, मोहम्मद शाहिद, अमन कटियारसहित तीन नाबालिगलाई पक्राउ गरेको हो।

दीपेन्द्र नाथ चौधरी ले मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताएका छन्। पक्राउ परेकाहरूले युट्युबइन्स्टाग्राम मा आपत्तिजनक सामग्री पोस्ट गर्ने गरेको पनि खुलेको छ।